नियम ४१
उम्मेदवार छनौट गर्ने
(१) नियम ४० बमोजिम दलले प्राप्त गर्ने सीट सङ्ख्या र प्रतिनिधित्व गराउनु पर्ने समावेशी समूह बमोजिमका उम्मेदवार छनौट गरी पठाउन नियम १३ बमोजिमको निर्वाचन अधिकृतले अवधि तोकी सम्बन्धित दललाई जानकारी गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको जानकारी प्राप्त गरेपछि दलले ऐनको दफा २९ को उपदफा (६) बमोजिम उम्मेदवारको अन्तिम बन्दसूचीमा नाम समावेश भएका उम्मेदवार मध्येबाट उपनियम (१) बमोजिम समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम छनौट गरी आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै समावेशी समूहको उम्मेदवारको नाम छनौट गर्दा त्यस्तो समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको नाम छनौट नगरी तल्लो क्रममा भएको उम्मेदवारको नाम छनौट गर्न पाइने छैन ।
(४) यस नियम बमोजिम दलले उम्मेदवार छनौट गरी पठाउँदा यथासम्भव अपाङ्गता भएको व्यक्तिको समेत प्रतिनिधित्व हुने गरी पठाउनु पर्नेछ ।